
पूर्व बैंकर अनिलकेशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् ।
पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा शाह रास्वपा प्रवेश गरेका हुन् । उनलाई रास्वपा सभापति रवि लामिछानेसहितका नेताहरुले बिहीबार बालाजुस्थित पार्टीको नयाँ केन्द्रीय कार्यालयमा एक कार्यक्रमबीच स्वागत गरेका छन्।
शाहले अब रास्वपामा तालिम विभागको नेतृत्व गर्ने छन्। तालिम विभागको नेतृत्वमा रहेर शाहले अब रास्वपाका नेता कार्यकर्तालाई प्रशिक्षण दिने छन् ।
उनी पछिल्लो पटक नविल बैंकको सीईओको भूमिकामा थिए। त्यहाँबाट बिदा भएपछि उनी मोटिभेस्नल स्पिकरका रुपमा सक्रिय थिए। उनले नेतृत्व विकाससम्बन्धी तालिम पनि दिने गरेका छन्।
रास्वपाले आज पार्टी स्थापना दिवसका अवसरमा पार्टी कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरेको छ ।
गत वर्षको असार ७ गते रवि लामिछानेको नेतृत्वमा रास्वपा गठन भएको थियो । पार्टी स्थापनाको १ वर्ष पूरा गरेको अवसर पारेर रास्वपाले आज दिउँसो १ बजे चियापान आयोजना गरेको छ। अहिले केन्द्रीय समिति र संसदीय बैठक जारी रहेको छ ।

