१० बैशाख २०८२, बुधबार

देशभर झरी : गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

WEATHER rain

मौसम पूर्वानुमान महाशाखाले हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको जनाएको छ । देशभर मनसुन फैलिएसँगै सातै प्रदेशमा वर्षा भइरहेको छ । हाल देशमा मनसुनी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको महाशाखाले जनाएको छ व।

आज दिउँसो सामान्य बदली भई देशभर केही स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

राति पूर्ण बदली भई देशका धेरै स्थान मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुनेछ।

भोलि (आईतबार) बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ ।

राति गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान छ ।

सोमबार बागमतीदेखि सुदूरपश्चिम प्रदेशसम्मका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा वर्षा हुनेछ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

महाशाखाले जेठ ३१ गतेदेखि सक्रिय मनसुन शुक्रबार देशभर फैलिएको जनाएको थियो । सातै प्रदेशमा मनसुन सक्रिय भएसँगै सम्भावित जोखिम र क्षतिबाट बच्‍न आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

जेठ ३१ गतेदेखि कोशी, मधेस प्रदेश र गण्डकी प्रदेशका केही भूभागबाट सुरु भएको मनसुन शुक्रबारदेखि देशभर फैलिएको हो । योसँगै आगामी तीन दिन धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना छ । मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागले आज बागमती र गण्डकी प्रदेशका पहाडी भूभाग तथा सदूरपश्चिम प्रदेशका तराई भूभागका केही खोला तथा नदीको बहाव बढ्ने अनुमान गरेको छ ।

    सम्बन्धित समाचार...