
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढलाउने खेलमा लागेको खुलासा गरेका छन्।
बुधबार संसद् भवनबाट बाहिरिँदै अध्यक्ष ओलीले वर्तमान सरकार ढलाउने खेलमा लागेको बताएका हुन्।
सञ्चारकर्मीले सोधेको सरकार ढलाउने खेलमा लागेको हो भन्ने प्रश्नको जवाफ दिँदै ओलीले ‘हो’ भनेका थिए।
त्यस्तै, उनले प्रधानमन्त्री प्रचण्डले स्वाभिमान र स्वाधीनता विपरितको अभिव्यक्ति दिएको भन्दै अब जवाफ नभई राजीनामा चाहिएको बताए।
ओलीले राष्ट्रिय स्वाभिमान र स्वाधीनता गिराउने खालको अस्वभनीय र आपत्तिजनक रहेको जिकिर गरे। प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गर्दै विपक्षी दलले बुधबार संघीय संसदको दुवै सदन अवरुद्ध गरेको थियो।