१२ बैशाख २०८२, शुक्रबार

कोशी सरकारविरुद्धको रिट सपना प्रधान मल्लको एकल इजलासमा

Supreme Court 43KnAVGEAY

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदरको माग गर्दै दायर भएको रिट सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासमा परेको छ ।

मुख्यमन्त्री नियुक्त हुन बहुमत नपुगेपछि थापपाले माओवादी केन्द्रबाट निर्वाचित सभामुख बाबुराम गौतमको हस्ताक्षर प्रयोग गर्दै मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

सरकार बनाउने खेलमा सभामुखलाई प्रयोग गर्नु असंवैधानिक भन्दै निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए ।

कार्कीले रिटमा मुख्यमन्त्री थापाको नियुक्ति बदर गरी संविधानको धारा १६८ को उपधारा तीन अनुसार आफुलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश माग गरेका छन् ।

उक्त रिट सुनुवाईका लागि आइतबार न्यायाधीश डा आनन्दमोहन भट्टराई,सोमबार न्यायाधीश सुष्मालता माथेमा र मंगलबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासमा परेपनि अन्तिममा हेर्न नभ्याईनेमा परेको थियो ।

    सम्बन्धित समाचार...