११ बैशाख २०८२, बिहीबार

कांग्रेस केन्द्रीय समितिको बैठक पनि स्थगित

congress meeting
फाइल फोटो

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री पत्नी सीता दाहालको निधनपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बस्ने भनिएको बैठक स्थगित भएको हो ।

आजको लागि तय भएको बैठक स्थगित भएपछि अर्को बैठक साउन २ गते बस्ने भएको छ।

समसामयिक तथा पार्टी संगठनका विषयमा छलफल गर्न झन्डै एक वर्षपछि कांग्रेस केन्द्रीय समिति बैठक बस्न लागेको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सीता दाहालको ६९ वर्षको उमेरमा आज बिहान ८ : ३३ बजे नर्भिक अस्पतालमा निधन भएको हो । स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि दाहाललाई अस्पताल लगिएको थियो । निधन हुनुभन्दा एक घण्टा अघि उनलाई अस्पताल पुर्‍याइएको अस्पतालले जनाएको छ ।

पार्किन्सन जस्तो देखिन जटिल रोगबाट उनी लामो समयदेखि पीडित थिइन् । पछिल्लो दुई वर्षयता सीता दाहाल ओछ्यानमा थलिएकी थिइन् ।

    सम्बन्धित समाचार...