
मोडल कुसुम शर्माले गायक प्रकाश सपुतको ‘फूलमाया’ गीतमा अभिनय गरेर रातारात हिट भइन् ।
कुसुमले यो नामबाट खुबै चर्चा पाइन् । कुसुमलाई यतिबेला दर्शकले उनको वास्तविक नामले भन्दा पनि ‘फूलमाया’ भनेर नै धेरैले चिन्छन् । तर, उनै फूलमायालाई एउटा भिडियोले भने टिकटकमा निकै दुख दिइरहेको छ । जसले गर्दा उनलाई ह्वात्तै उब्जिएको फ्यान फ्लोइङलाई सम्हाल्न सहज भइरहेको छैन ।
उनका हरेक गतिविधिलाई फ्यानहरूले नजिकबाट नियालिरहेका छन् र सानो गल्तीमा पनि उनले ठूलो प्रतिक्रिया खेप्नुपर्ने अवस्था भइरहेको छ । हालै ‘भाइरल नेपाली’ नामक टिकटक आइडीबाट अपलोड गरिएको भिडियोमा फुलमाया ‘हट’ अवतारमा देखिन्छिन् ।
जसमा उनले माथिल्लो भागमा ह्वाङ्गै खुलेको लुगा लगाएकी छिन् । तर, उनको यो पहिरन फ्यानहरूले पनि रुचाएको देखिएन । भिडियोमा प्रतिक्रिया दिने अधिकांशले उनको आलोचना गरेका छन् ।
कतिपयले धेरैले भद्दा कमेन्ट गरेका छन् भने, कतिपयले उनलाई उच्छृङ्खल पहिरन लगाएर आफ्नो छवि नबिगार्न सुझाव दिएका छन् । अधिकांशले उनलाई सफलता सम्हाल्न नसकेको आरोप लगाएका छन् भने कुसुम अब ‘सकम्बरी’ भएको जस्तो आरोप पनि लगाएका छन् ।
कुसुममाथि नानाथरी गालीगलौज र नकारात्मक टिप्पणीहरूको वर्षा आएपछि उनले भिडियो हटाइदिन आग्रह गरेकी छिन् । उनले लगातार ६ वटा कमेन्ट लेख्दै भिडिओ हालेकोमा असन्तुष्टि जनाएकी छन् । तर, अपलोडकर्ताले अहिलेसम्म यो भिडियो हटाएका भने छैनन् ।
कुसुमले लेखेकी छिन्, ‘मेरो अनुमति बिना यसरी अर्कालाई डोमिनेट गर्ने काम ठिक हो त ? सबैले सामना गर्न सक्छ भन्ने हुन्छ र भन्या के ?’
यस्तै, उनको अर्को कमेन्ट छ, ‘डिलिट गर्नु भनेसि हुँदैन दाइ ? राम्रोसँग भनेर लाग्दैन ? मेरो अकाउन्टबाट पोस्ट भाको छ र यो ? ड्रेस ट्राई गर्दाको भिडिओ कसरी आयो के था ?’