
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको विमानमा समस्या देखिएपछि काठमाडौं फर्काइएको छ ।
त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार नाइन एन-एएनपी कलसाइन भएको बुद्ध एयरको विमानको ‘इन्डिकेसन’मा समस्या देखिएपछि काठमाडौंमा आकस्मिक अवतरण गराइएको हो ।
‘उडेको १५ माइलमा पुगेपछि विमानमा समस्या देखिएपछि काठमाडौं फर्काइएको हो । प्राविधिक जाँच हुँदै छ । प्रवक्ता सिटौलाले भने ।’
त्रिभुवन विमानस्थलका अनुसार १ बजेर ५३ मिनेटमा उडेको जहाज १५ माइल उडेपछि ‘इन्डिकेसन’ मा समस्या देखिएपछि फर्काइएको हो । कुन किसिमको समस्या हो भन्नेबारे प्राविधिकहरुले अध्ययन गरिरहेको जनाइएको छ। विमानमा चालक दलका सदस्यसहित ७० जना चढेका थिए ।
फर्काइएको विमानका यात्रुहरुलाई अर्को विमानमार्फत भद्रपुरतर्फ लगिएको बताइएको छ।