
विगत ११ वर्षदेखि जापानको फुकुओकामा बसोबास गर्दै आएका युवा व्यावसायी ज्योति केसीले आउँदै गरेको एनआरएनए जापानको अधिवेशन (२०२३–२०२५) का लागि सदस्य पदमा उम्मेद्वारी दिएका छन् । एनआरएनएमा विगतदेखि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहभागी रहेका ज्योतिले सन् (२०१७–२०१९ ) मा गैर आवासीय नेपाली संघ (एनआरएनए) कियुस्यु क्षेत्रको प्रवक्ताको रूपमा रहेर काम गरेका थिए ।
सामाजिक भावनाले ओतप्रोत ज्योतिसँग विश्वकै ठूलो मानिने परोपकारी संस्था लायन्स क्लबमा समेत आबद्ध रहेर काम गरेको अनुभव छ । लायन्स क्लबले सञ्चालन गर्ने रक्तदान कार्यक्रममा पनि उनको राम्रो योगदान छ । उनले लायन्स क्लव अन्तर्गतकै निकै महत्वपूर्ण मानिने प्रोग्रेसिभ मेल्भिन जोन्स फेलो र टीयू ब्लड ट्रान्सफ्युजन एण्ड रिसर्च सेन्टरमा समेत ठूलो रकम डोनेशन गरेका थिए । नेपालमा रहँदा विभिन्न खालका म्यूजिक भिडिओ, बृत्तचित्र, टेलिसिरियल र टेलिभिजन कार्यक्रम सम्पादकको रूपमा काम गरेका ज्योति के.सी. आफ्नै जीवनसाथीको सल्लाहमा १ दशक अगाडि विधार्थी भिसामा जापान पुगेका थिए ।
मदाने गाउँपालिका भनभने गुल्मीमा जन्मिएका ज्योति जापान पुगेर निर्धारित अध्ययन पश्चात् आफ्नै रेष्टुरेण्ट व्यावसायमा होमिएका थिए । केसी कम्पनी प्रालिका सिइओ हुन । ज्योति केसी अहिले जापानको फुकुओका शहरको निकै चर्चित र जापानभरि परिचित नाम हो ।
व्यावसायिक तथा सामाजिक क्षेत्रमा उदाउँदा ज्योतिले जापानका अलावा नेपाल र भारतमा समेत आफ्नो व्यवसाय विस्तार गरेका छन् । अत्यन्तै मृदुभाषी, सहयोगी, उदार र प्रभावशाली व्यक्तित्व ज्योतिका वैयक्तिक विशेषता हुन् ।
कुनै नेपाली सांस्कृतिक कार्यक्रम होस् या कोही नेपालीलाई कष्ट पर्दा होस् उनी सक्रिय रूपमा लाग्दछन् । आफ्नो अगाडि पर्ने जो कसैलाई पनि सकारात्मक प्रभाव पार्न सक्ने ज्योतिले विगतमा लगभग ५ वर्ष जति नेपालमा भिडिओ सम्पादकका रूपमा काम गरेका थिए भने उनको नेपाली सिने जगतका धेरै कलाकार र गायक गायिकाहरुसँग निकट सम्बन्ध रहेको छ । अधिकांश गायक कलाकारहरु फुकुओका पुग्दा सक्दो स्वागत र सत्कार गर्ने ज्योतिमा परि आउँदा सिङ्गो एनआरएनए जापान हाँक्न सक्ने खुबी छ ।