
इंग्लिस प्रीमियर लिग फुटबलको दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीले घरेलु मैदानमा बर्नलीलाई ५-० को फराकिलो अन्तरले हराएको छ । जितसंगै सिटीले लिभरपुलसँगको अंक दूरी २० मा घटाएको छ ।
लिभरपुल ८३ अंक सहित लिगको पहिलो स्थानमा रहेको छ।
पहिलो हाफमा तीन र दोस्रो हाफमा दुई गोल भएको खेलमा सिटिका डिएगो फोडिन र रियाद महरेजले दुई-दुई गोल र डेभिड सिल्भाले एक गोल गरे । गोलहरु क्रमश: २२, ४३, ४८(४५+३), र ५१औ मिनेटमा भएको थियो ।