
नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले नेपाली कांग्रेसको विकल्प अरु हुन नसक्ने जनाएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित चियापान समारोहमा बोल्दै उनले भविष्य कांग्रेससँग मात्रै रहेको जनाए ।
उनले कांग्रेस एक भएको खण्डमा देशमा ठूलो परिवर्तन आउने भन्दै अहिलेको आवश्यकता एकताबद्ध कांग्रेस हुनु रहेको जनाए । उनले आफूले आयोजना गरेको चियापान समारोह कांग्रेसबीचको भाइचारा सम्बन्ध स्थापित गराउने माध्यम भएको जनाए ।
‘पार्टी एक भएको छ, यो पार्टी एक भएको खण्डमा नेपाली कांग्रेसले धेरै ठूलो परिवर्तन ल्याउन सक्छ । हामी एकताबद्ध भएर हिँड्नुपर्छ भनेर हामी भेला भएको हो । ५ दिन छलफल भयो, एक किसिमले रिल्याक्स गर्न पनि हो । भाइचाराको सम्बन्ध स्थापित गर्न चियापान आयोजना गरेको हो,’ उनले भने, ‘आउँदो दिनमा कता जाने हो ? त्यो तय गर्नुपर्छ । नेपाली कांग्रेसको विकल्प अरु छैनन् नेपाली कांग्रेस नै हो । भविष्य नेपाली कांग्रेससँग छ । हामी एक भयौँ भने नेपाली कांग्रेसलाई कसैले हराउन सक्दैन । त्यसैले एक भएर जाऔँ ।’