
नेपालमा हाल मनसुनसँगै बंगालको खाडीको उत्तर-पश्चिम र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।
आज बिहान काठमाडौंको बुढानीलकण्ठ, जितपुर र आसपासको क्षेत्रमा भारी वर्षा भएको छ । बाढी पूर्वानुमान महाशाखाले बिहान ३ बजे एक सूचना जारी गर्दै पछिल्लो दुई घण्टामा भारी वर्षा भएको जनाएको थियो । जसका कारण विष्णुमती गोंगबुमा जलसतह सतर्कता नजिक पुगेको थियो भने विष्णुमती, ईच्छुमती, धोवीखोला तटीय क्षेत्रमा खोलाको पानी सडक र बस्तीमा आउन सक्ने भएकाले बिहान ७ बजेसम्म सतर्क रहन आग्रह गरिएको थियो ।
मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज देशका विभिन्न स्थानमा हल्का, मध्यमदेखि भारी वर्षाको सम्भावना छ ।
आज दिउँसो सामान्य बदली भई देशका पहाडी भू-भागका केही स्थान तथा बाँकी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुने छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम7:09 AM 7/27/2023को सम्भावना छ ।
राति देशका पहाडी भू-भागका केही स्थान तथा तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान छ । कोशी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
भोलि (शुक्रबार) पनि केही प्रदेशमा भारी वर्षा र केहीमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ ।
दिउँसो देशका पहाडी भू-भागका केही स्थान तथा बाँकी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्सहित भारी वर्षा हुने महाशाखाले जनाएको छ ।
राति पहाडी भू-भागका केही स्थान तथा तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुने छ। कोशी, मधेस र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।