
पश्चिमी सिडनीमा एक ८५ वृद्ध महिलाबाट हजारौं डलर चोरी गरेको आरोपमा दुइ नेपाली पक्राउ परेका छन । पक्राउ पर्नेमा २२ वर्षीया नेहा गिरी र १९ वर्षीया आयुष भट्टराई रहेका छन ।
पुलिसले स्थानीय समयानुसार सोमबार साँझ ४:३० बजे टेलोपीको घरबाहिरबाट उनिहरुलाई पक्राउ गरेको हो । उक्त जोडीलाई धोका दिएर बेइमानीसाथ सम्पत्ति प्राप्त गरेको र जानाजानी अपराधमा संलग्न रहेको आरोप लगाइएको छ ।
उनीहरु अन्तर्राष्ट्रिय ठगी गिरोहमा संलग्न रहेको जनाइएको छ ।
यसरी ठगियो महिलालाई:
८५ वर्षीया वृद्धाको अनुसार उनलाई बैंकबाट फोन आएर उनको पुरनो खाता रोक्का भएको र नयाँ खाता खोल्न पर्ने भनिएको थियो । खात खोल्नको लागी ३००० अस्ट्रेलियन डलर चाहिने र उक्त रकम कूरियर मार्फत दिन निर्देशन दिइयो । उनलाई घरमा आएको व्यक्तिले नै उक्त रकम खातामा जम्मा गर्ने बताइएको थियो ।
तीन हजार डलर रकम दिएपछि वृद्धालाई शंका लागेर प्रहरीलाई जानकारी दिइन् ।
सोही समूहले वृद्धासँग फेरि पाँच हजार डलर मागेको र सोमबार पैसा लिन जाने क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरु अन्तरदेशीय ठगहरुको गिरोहमा संलग्न भएको र गिरोह भारतबाट सञ्चालित रहेको जनाएको छ ।