९ बैशाख २०८२, मंगलवार

कञ्चनपुरमा बाढीमा फसेका दुई महिलाको सकुशल उद्धार

wo

सशस्त्र प्रहरीले कञ्चनपुरको स्याली नदीको टापुमा फसेका दुई महिलाको उद्धार गरेको छ।

गएराति शुक्लाफाँटा नगरपालिका–७ कालापानी निवासी ४० वर्षीया निर्मला भण्डारी र ३५ वर्षीया गौमती साउदलाई उद्धार गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) प्रेम रावलले जनाए ।

एसपी रावलको कमान्डमा खटिएको टोलीले महिलाहरूको उद्धार गरी आफन्तको जिम्मा लगाएको छ ।

कञ्चनपुर र कैलालीका धेरै स्थानमा भारी वर्षा भएको छ । सो क्षेत्र भई बहने कान्द्रा, दोधा, मोहना, खुटीया, सुहेली, चौधर, रंघुन, पन्टुरालगायत उक्त जिल्लाको साना खहरे खोलाहरूमा एक्कासी बाढी आउन सक्ने भएकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भू–भागमा रहनेहरूले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाको आग्रह छ ।

    सम्बन्धित समाचार...