८ बैशाख २०८२, सोमबार

एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसको वार्षिक उत्सवमा रक्तदान र मृगौला पीडितलाई आर्थीक सहयोग

c9e76a69 16c4 428b 97ab cb8aa674f9a2

एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसले आफ्नो वार्षिक उत्सवमाको अवसरमा रक्तदान कार्यक्रम गरेको छ।

मंगलबार एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसले २०औँ वार्षिक उत्सवमाको आयोजनामा रक्तदान कार्यक्रम गरेको थियो । उक्त रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेका थिए । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसले रक्तदान कार्यक्रमसँगै दुवै मृगौला फेल भएर पीडित बनेका काभ्रेका रेवतराज खरेललाई ४० हजार सहयोग प्रदान समेत गरेको थियो । क्सपर्ट एजुकेशनले हरेक ठाउँमा रहेका शाखाबाट केही सामाजिक कार्य गरेर आफ्नो आफ्नो २०औँ वार्षिक उत्सव मनाएको छ ।

जोखिममा परेका कसैको ज्यान बचाउनु नै मानवीय धर्म हो भन्ने उद्देश्यका साथ रक्तदान कार्यक्रम आयोजना गरिएको र पछिल्लो समय देशैभर रगतको अभाव भएको कुरालाई मध्यनजर गर्दै अभाव नहोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको एक्सपर्ट एजुकेशनले जानकारी गराएको छ ।

नेपालबाट अस्ट्रेलिया अध्ययनका लागि पुगेको एउटा समूहले नेपाली विद्यार्थीहरूलाई वैदेशिक शिक्षाबारे सेवा प्रवाह गर्न भन्दै सन् २००३ मा सिड्नीमा एक्सपर्टको कार्यालय खोलेर सेवारम्भ गरेको थियो। अस्ट्रेलिया अध्ययनका लागि जाने विद्यार्थीहरूमाझ विश्वासिलो मानिएको एक्सपर्टले सन् २००७ बाट नेपालका पनि विभिन्न ठाउँमा शाखा स्थापना गरेर सेवा दिँदै आएको छ।

एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसको अस्ट्रेलियाको मेलबर्न, ब्रिसबेन, एडिलाइड र गोल्ड कोयस्टमा पनि शाखा रहेको छ । साथै, २० देशबाट एक्सपर्ट एजुकेशनका ६० वटा शाखा कार्यलयहरु सञ्चालन गर्दै आइरहेको छ ।

5c5d54e3 aa2f 4eab 864f 59b841e79f3b
0f1b8d3b 0f3d 41dc 9a39 f8b0b521b302

    सम्बन्धित समाचार...