
इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा आर्सनल, ब्राइटन, न्युक्यासल, फुलहम र क्रिस्टल प्यालेसले विजयी सुरुवात गरेका छन् ।
गएराति सम्पन्न खेलमा आर्सनलले नटिंघम फरेस्टलाई २–१ गोलले पराजित गर्यो । अर्को खेलमा ब्राइटनले लुटन टाउनलाई ४–१ गोलको फराकिलो अन्तरले पराजित गर्यो ।
त्यस्तै, न्युक्यासलले एस्टन भिल्लालाई ५–१ गोलको फारकिलो जित निकाल्दै ३ अंक जोड्यो । फुलहमले एभर्टनलाई १–० गोलले र क्रिस्टल प्यालेसले सेफिल्ड युनाइटेडलाई १–० गोलले पराजित गरेको छ ।
बर्नमाउथ र वेस्ट ह्यामले एक–एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । प्रिमियर लिगमा आज दुई खेल हुँदैछन् । आज ब्रेन्टफोर्ड र टोटनहम तथा चेल्सी र लिभरपुलबीच खेल हुनेछ ।