
आइतबारका लागि बोलाइएको बैठक अन्तिम समयमा रोकिए पछि सो बैठक सोमबार बोलाइएको थियो । जुन बैठक नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, आलोकनगरमा बिहान ७: ३० बजेबाट सुरु भएको हो ।
सो बैठकमा ललिता निवास प्रकरणमा मुछिएका नेकपा एसका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र गौर हत्याकाण्डको छानबिनको दायरामा परेका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलगायतको उपस्थित हुनेछ । जारी बैठकमा सोही विषय पनि छलफल र समिक्षाासमेत हुनेछ ।
साथै, सरकार सञ्चालन र मोर्चालाई अघि बढाउने विषयमा छलफल हुने जनाइएको छ ।
नेकपा एकीकृत माओवादीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलकदमीमा गठन भएको साे मोर्चामा नेकपा एस र जसपा नेपालसहित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा सम्मिलित छन् ।




