
अभिनेता तथा जादुगर सानु ताम्राकारको निधन भएको छ ।
अभिनेता सानुको उपचारका क्रममा शनिवार नर्भिक अस्पतालमा निधन भएको हो ।
नर्भिक अस्पतालमा लामो समयदेखि गराइरहेका ताम्राकारको उपचारका लागि भर्ना भएको २८ औँ दिनमा उनको निधन भएको हो । ७५ बर्षिया ताम्राकार मृगौलामा समस्याबाट पीडित थिए ।
उनको निधनसँगै पुत्र वियोगमा रहेको बेला अस्पताल भर्ना भएका ताम्राकार परिवार थप शोकमा परेको छ । केही महिना अघि उनका छोरा तथा सारुक ताम्राकारले आत्महत्या गरेका थिए ।
उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि आज बिहान ९ बजे पशुपति आर्यघाटमा राखिने परिवारले बताएको छ । शास्त्रीय नृत्यमा पारङ्गत कलाकार ताम्राकारले दर्जनौँ नेपाली फिल्ममा अभिनय गरेका थिए ।
उनले ‘जीवन रेखा, बदलिदो आकाश, निरमोही, जुन तारा, सुरक्षा, रगत, ज्वालामुखी, जीवन मृत्यु, मन मनै मन पराए, अभियान, पल, ग्याम्लर, भूँइमान्छे, मेरी मामु’ लगायतका फिल्ममा काम गरेका छन् ।