
सांकेतिक तस्विर
गण्डकी प्रदेशमा थप १ एक जना कोरोना संक्रमित बिरामीको निधन भए सँगै नेपालामा कोरोनाको कारण निधन हुने को संख्या २५ पुगेको छ ।
असार ८ गते अस्पताल भर्ना भएका स्याङ्जाको सिरुवारी निवासी ५५ वर्षीय पुरुषको गएराति ११ बजेर ३५ मिनेटमा निधन भएको बताइएको छ । डायबिटिजबाट समेत पीडित उनको स्वास्थ्य बिग्रिँदै गएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो ।
पश्चिमान्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार गर्दागर्दै कोरोना संक्रमितको मृत्यु भएका स्याङ्जाका यी पुरुष दोस्रो व्यक्ति हुन् ।
