
अभिनेता सारुक ताम्राकारको निधनपछि फिल्म ‘ह्यासट्याग माया’को निर्माण रोकिएको छ । उनी फिल्मका मुख्य कलाकार थिए । उनको धेरै सिन खिचिसकिएको थियो । अब फिल्म निर्माण हुने सम्भावना न्यून देखिएको छ । किनकि, टिम नै फुटिसकेको छ । फिल्मकी अभिनेत्री नम्रता श्रेष्ठको बारेमा निर्देशक राजीव गुरुङ विभिन्न तथ्यहरु सार्वजनिक गरेपछि ठूलो उथल-पुथल आएको छ ।
यसैक्रममा, ‘ह्यासट्याग माया’की असिस्टेन्ट डाइरेक्टर शान्ति तामाङले नम्रताप्रति लक्षित गर्दै विभिन्न आरोप लगाएकी छन् । उनले फेसबुकमा २४ वटा बुँदामा स्टाटस लेख्दै कसैको नाम उच्चारण नगरी व्यक्तिगत टिस्यूदेखि मसाजको बिलसम्म निर्मातालाई तिर्न लगाएको उल्लेख गरेकी छन् । आफ्नै सहकर्मीलाई गिराएर सबैको अघि गाली-बेइज्जती गरेको आफूले देखेको उनको भनाई छ ।
‘मायाको नाममा नौटंकी गर्दै सबैको अघि चर्तिकला देखाउँदै बसेको र माया गर्ने मान्छे छेउमा बसेर टुलुटुलु हेरिरहेको पनि देखियो । सोझो मान्छेको मुखमा कतिसम्म घोचो गर्दोरहेछ मौका पायो भने मान्छेले, त्यो पनि हेरियो र भोगियो,’ उनले लेखेकी छन्, ‘सेटमा आउने टाइमशीटको समयलाई लात मारेर बिहान ८ बजे बोलाएको छ भने दिउँसो २ बजे आएर सुट स्टार्ट भएको पनि यहीँ देखेँ ।’
एउटा सिन खिचेपछि सेटबाट गायब हुने र एडीहरुले खोज्नुपर्ने, निर्माताको गाडी भित्तामा ठोकेर ध्वस्त बनाएको, पहिरन मन परेन भन्दै डिजाइनर नै परिवर्तन गरेको जस्ता आरोप शान्तिले लगाएकी छन् । उनको स्टाटसलाई निर्देशक गुरुङले पनि सेअर गरेर समर्थन जनाएका छन् । उनले दोलालघाटमा पूजा गरेर फर्किँदा हिलाम्मे भएको आफ्नो गाडीको तस्वीर समेत पोस्ट गरेका छन् ।
यस्तो छ उनको स्टाटस:
# सन्दर्भ महिलाको अत्याचार सहनु परेको हाम्रो समाज
# सन्दर्भ महिलाको हक अधिकारले पेलिएको हाम्रो समाज
# सन्दर्भ महिलाको कारणले छुट्टिएको पुरुष पात्रको परिवार
र
# सन्दर्भ महिलाको दुश्मन महिला नै भनेर उठ्ने आवाज !!
दुई शब्द लेख्दै छु यो समाजको त्यो बिकृति देखेर दिक्क भएर बाध्य भएर …
हो आत्माहत्या गर्नु गलत थियो र हो पनि …
तर त्यसको पछाडी धेरै कारणहरु र गुम्सिएका भावनाहरु थियो होला त्यसको नतिजा आत्मा हत्या गर्नुसम्म बाध्य भयो र एउटा सरल मान्छेको ज्यान गयो |
उसको भावनालाई बुझ्ने हो भने कति घात पर्यो होला त त्यो चोखो मनमा ??
# कति पिडा भयो होला ?
# कति कुरा मनमा गुम्सियो होला
# आत्मा सम्मानमा ठेस पुग्यो होला
# निर्दोस आँखाले तुच्छ कर्म देख्यो होला
# साथ चाहेर पनि पाएन होला
# मायाको भोको भयो होला
# न्यानो अँगालोको कमि भयो होला
# दुई शब्द उसको सुनी दिने कोहि खोज्यो होला
बस कोहि नपाए पछी सारा रंगीन दुनियाँ छोडेर त्यो अन्धकार नै प्यारो भयो !
अझै पनि न्यायको आशमा टुलुटुलु हेरी पो रहेको छ कि ?
“न्याय हराएको मेरो देश ” भनेर पुर्पुरोमा हात लगाएर लम्केको पाईला पनि एकछिन रोकिएर पर्खी पो रहेको छ कि ??अझै केहि आशमा ….
# कानुनि हकको दुरुपयोग गरेर कति बिधांस मच्चाई रहेर ??
# सरल र सालिनता बिर्सिएर कति नांगिएर ???
# कला र धर्म र स्वाभिमान सँग कति खेलवाड गरेर ??
क्रमश : धेरै छ ……..?????
अझै पनि पुरुष प्रधान देश भयो ??????
वाह !! वाह महिला अधिकारको जय होस् !!!!
सदुपयोग गर ( पोल्टो भर ) ………
पुरुष पात्रको पीडाले गर्जिएको एक महिला को शब्द ….