
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक प्रेस मिट अनुसार बिहिबार नेपालमा ४३४ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्य ३८६ पुरुष र ४८ जना महिला रहेका छन ।
थपिएका मध्य काठमाडौंका दुई पुरुष र २ महिला रहेका छन भने ललितपुरका एक पुरुष हुन । त्यसैगरी भक्तपुरमा ३ पुरुष र एक महिला गरी ४ संक्रमित थपिएका छन ।
त्यस्तै बितेको २४ घण्टामा कोरोना भाइरस ‘कोभिड – १९’ संक्रमणका कारण ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत महालक्ष्मी ५ ललितपुर ठेगाना भएका अर्का एकजना पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा गौतमले नियमित मिडियाब्रिफिङ मार्फत जानकारी दिए ।
उनको ५ महिना अघि मानव प्रत्यारोपण केन्द्र भक्तपुरमा मृगौला प्रत्यारोपण भएको थियो । कोखो दुखेका कारण उपचारका लागि उनी नर्भिक अस्पतालमा भर्ना भएका थिए । उनमा कोरोना संक्रमण भएपछि पाटन अस्पताल भर्ना भएका थिए । आज बिहीवार बिहान ५ बजे पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा मृत्यु भएको मन्त्रायका प्रवक्ता गौतमले बताए । उनको अस्पतालको भ्यान्टिलेटरमा उपचार हुँदा हुँदै मृत्यु भएको हो ।
यो संगै निधन हुनेको संख्या २६ पुगेको छ ।