
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक प्रेस मिट अनुसार सोमबार नेपालमा ४७६ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्य ३६४ पुरुष र ११२ जना महिला रहेका छन ।
थपिएका मध्ये काठमाडौंका ४ पुरुष र २ महिला रहेका छन । त्यसैगरि भक्तपुर र पाटनका गरी २ पुरुषहरुमा पनि संक्रमण देखिएको छ ।
थपिएका नयाँ संक्रमितसँगै संक्रमितको सङ्ख्या १३,२४८ पुगेको छ । त्यसमध्ये ११,६६२ पुरुष र १,५८६ जना महिला रहेका छन ।