
सांकेतिक तस्विर
नेपालमा कोरोनाबाट २९औ व्यक्तिको निधन भएको छ ।
लामो समयदेखि छातीको रोगबाट ग्रसित युवकको उपचारको क्रममा ललितपुरस्थित स्टार अस्पतालमा मृत्यु भएको अस्पतालले पुष्टि गरेको थियो ।
मृत्यु हुनेमा रौतहट, फतुवा विजयपुर ७ का ३० वर्षीय युवाको गएराति मृत्यु भएको मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले बताए।
दमका रोगी पुरुषलाई उपचारका लागि भेन्टिलेटरमा राखिएको केही बेरपछि उनको मृत्यु भएको बताइएको छ । मृतक तीन महिना देखी विभिन्न अस्पतालामा फोक्सोको उपचार गराइरहेका थिए ।
त्यस्तै कोरोना संक्रमण निको भई १२१ जना डिस्चार्ज भएका छन । निको हुनेमा १३ महिला र १०८ पुरुष रहेका छन । हालसम्म डिस्चार्ज हुनेको संख्या ३१३४ जना पुगेको छ जसमा २६६ महिला र २८६६ पुरुष रहेका छन ।