
खोटाङमा चिर्पटले हानेर एक ब्यक्तिले श्रीमतीको हत्या गरेका छन् ।
मादक पदार्थले होस् गुमाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको लालीखर्कस्थित फलाँटेका दावा शेर्पाले चिर्पटले हान्दा कात्तिक ९ गते ३६ वर्षीय श्रीमती लाक्पा डिकु शेर्पाको मृत्यु भयो ।
सामान्य घरायसी झगडा भइरहेको बेला अचानक श्रीमान दावाले ३६ वर्षीया श्रीमती लाक्पा दिकु शेर्पालाई चिर्पटले हानेका थिए, उक्त चोटले श्रीमतीको मृत्यु भएको प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिए ।
घटनास्थलमा प्रहरी पुग्दा लाक्पा डिकुको शव घरभन्दा करिब दुई सय मिटर टाढा रहेको गोरेटो बाटोमा फेला परेको थियो ।
दावाले श्रीमतीलाई खेदी खेदी चिर्पट हानेको खुलेको प्रहरीले जनाएको छ । यी घटनाहरु दशैंको आसपासमा अधिक मादक पदार्थ प्रयोग तथा सेवनका कारण घटेका केही उदाहरण हुन् ।
श्रीमान दावालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।