
पोखरा-२२ घैयाँ खेतमा नगर बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् ।
आज दिउँसो पोखराको छोरेपाटनदेखि शान्ति स्तुपा हुँदै पुम्दीभुम्दी जाँदै गरेको ग १ ख ८५८५ नम्बरको नगर बस घैयाँखेतको सडकबाट करिब १५ मिटर तल खसेको छ ।
दुर्घट्नामा परेका घाइतेहरुको अहिले पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र पश्चिमाञ्चल सामुदायिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम प्रहरी नायव निरीक्षक श्रवणकुमार विकले जानकारी दिए । केही घाइतेहरुको अवस्था माध्यम तथा सामान्य रहेको उनले बताए ।
उकालो बाटोमा बसले साइड दिन खोज्दा पछाडि सरेर सडकदेखि तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् । बस चालक तनहुँ घाँसीकुवाँ घर भएका ३० वर्षीय रमेश विकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।