
तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवाकी करिब २२ वर्षीया युवती एसिला गौतमले बिहीबार मध्यरात सामाजिक सञ्जाल फेसबुक मार्फत लाइभ भिडियोमा आएर आत्महत्या गरेकी छिन ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी गणेश चन्दले जनाए अनुसार राति साढे १ बजेतिर युवतीले आत्महत्या गर्न लागेको सूचना पाएपछि तुलसीपुरबाट इन्सपेक्टर झलकप्रसाद शर्माको कमाण्डमा प्रहरी टोली रानीजरुवा प्रस्थान गरेको थियो ।
प्रहरीका अनुसार खबर आए लगत्तै प्रहरी घर खोज्दै गएका थिए तर घर पत्ता लगाउन मुस्किल भएको थियो । घर पत्ता लागे पश्चात उनको कोठामा पुग्दा उनको मृत्यु भैसकेको थियो ।
प्रारम्भिक जानकारी अनुसार गौतमको केही समयअघि डिभोर्स भएको र उनि हाल माइतीमा बस्दै आएकी थिइन । प्रहरीले निज संग सम्बन्धित थप विवरणको लागी अनुसन्धान गर्दै छ भने उनको शव पोष्टमार्टमका लागि राप्ती प्रादेशीक अस्पताल तुलसीपुरमा राखिएको छ ।