
शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘मनसरा’ले उत्कृष्ट व्यापारको सुरुवात गर्न थालेको छ । विशेषगरि पूर्वी नेपालका शहर विर्तामोड, दमक, इटहरी, विराटनगर लगाएतका शहरहरुमा यो फिल्मले सुखद व्यापार गरिरहेको छ।
शुक्रबार र शनिबार अधिकाशं शोमा उत्कृष्ट सुरुवात गर्दै सुखद व्यापार गरेको सुरुवात गर्न थालेको हो।
फिल्मले काठमाडौं र पश्चिम नेपालमा पनि राम्रो कमाई गरेको निर्माणपक्षले बताएको छ । फिल्मले हिजो शनिबार पश्चिमका हलहरुमा उच्च साथ देखि थालेको छ।
रिलिजको दोश्रो दिन आज शनिबार अधिकाशं शोमा उत्कृष्ट सुरुवात गरेको छ। हिजो पूर्वका हलहरुमा उच्च लयमा देखिएको फिल्म आजबाट पश्चिमका हलहरुमा पनि उच्च सुरुवात गर्न सफल भएको छ।
हलहरुको बुकिङ शैली हेर्दा यस्तो देखिएको हो। फिल्मले आज करोड माथिको व्यापार गर्ने अनुमान गरिएको छ। अधिकाशं दिवा शोहरुमा शतप्रतिशत अकुपेन्सी देखिएको छ।
ब्लकबस्टर फिल्म ‘जारी’ फेम्ड निर्देशक उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको दोस्रो फिल्ममा दयाहाङ राई, मिरुना मगर, प्रविण खतिवडा, मेनुका प्रधानका अलावा हेमन्त बुढाथोकी शान्ति गिरी, नेनहान राईको अभिनय रहेको छ । एउटै ठाउँमा बस्ने विभिन्न जातजातीका छिमेकी, उनीहरूको नोकझोक र प्रेमलाई देखाएको यो फिल्ममा बाहुन बाजे बनेका प्रविणको लिम्बुनी मिरुना मगरसँगको निकटता बाजेकी नेवार्नी पत्नी बनेकी मेनुकासँगको अमिलो सम्बन्धको कथा पेस गरेको छ । यस्तै, दयाहाङ र मिरुनासँग सम्बन्ध पनि फिल्ममा रहेकाले यो कथा र पात्रको एकअर्काको सम्बन्धको जालो कन्फ्युजिङ रहेकाले दर्शकप्रति कौतुहल्ता पैदा गर्न सफल देखिएको छ ।
फिल्म हेर्ने प्रायः दर्शकले प्रवीण खतिवडाको अभिनय रुचाएका छन् । अब दर्शकबाट बलियो ‘वर्ड अफ माउथ’ मिलेको खण्डमा फिल्मले बक्सअफिसमा आक्रामक व्यापार गर्ने अनुमान लगाउन सकिन्छ । समीक्षकीय रुपमा पनि फिल्मले प्रशंसा बटुलिरहेको छ।