
भारतको राजधानी दिल्लीसँग जोडिएको युपीको गाजियाबादमा प्रहरीले एक जना मौलवीलाई छात्रामाथि बलात्कार गरेको आरोपमा पक्राउ गरेको छ।
युवतीको साथ मौलवीको अश्लिल भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि युपी प्रहरीले मौलवीलाई पक्राउ गरेको हो ।
घटनाको बारेमा पुलिस उपायुक्त (ग्रामिण) विवेक चन्द्र यादवले भने, ‘बलात्कारको घटना दुई वर्षअघि भएको थियो, जब ती युवती ज़ब्बार नाम गरेको मौलवीसँग क्लास लिन गएकी थिइन् ।’
न्युज एजेन्सीका अनुसार पुलिसले आरोपीले युवतीको केही भिडिओ बनाएको थियो । त्यही भिडिओ देखाएर आफूसँग सम्बन्ध बनाउन युवतीमाथि मौलवीले दबाब दिइरहेका थिए ।
रिपोर्टका अनुसार आरोपी मंसुरी थाना क्षेत्रअन्तर्गत एक मस्जिदमा मौलवी हुन् । प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाएको छ ।