२ जेष्ठ २०८२, बिहीबार

कस्तो छ आजको मौसम पूर्वानुमान ?

weather aajko mausam

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा स्थानीय तथा पश्चिमी वायुका साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।

जसका कारण देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । आज दिउँसो देशभर आंशिक बदली रहने छ ।

यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानमा तथा मधेश र बाँकी पहाडी भागको एक दुई स्थानमा मेघगर्जन, चट्याङ्ग र हावा हुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    सम्बन्धित समाचार...