९ बैशाख २०८२, मंगलवार

कोशी प्रदेशमा केही भागमा वर्षा हुँदै, अरु स्थानको मौसम कस्तो ?

weather aajko mausam

हाल नेपालमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशसहित देशका पहाडी भागमा आंशिक बदली रही तराईमा मौसम सफा रहेको छ । कोशी प्रदेशका पहाडी भागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी पहाडी भागमा आंशिक बदली तथा तराईमा मौसम सफा रहने छ ।

कोशी र गण्डकी प्रदेशका पहाडी भागका थोरै तथा बाँकी पहाडी भागका एक दुई स्थानमा मेघगर्जन, चट्याङ्ग र हावा हुरीसहित हल्का वर्षाको सम्भावना छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

विभागका अनुसार राति कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भागमा आंशिक बदली रही देशका बाँकी भागमा आंशिक बदलीदेखि मौसम सफा रहने छ । यी प्रदेशका हिमाली भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    सम्बन्धित समाचार...