९ बैशाख २०८२, मंगलवार

सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो

Sandeep Lamichhane

सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ ।

जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै उनलाई निर्दोष ठहर गरेको हो ।

गौशाला २६ (परिवर्तित नाम) ले हालेको मुद्दामा जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसला उल्टाउन माग गर्दै सन्दीपले उच्चमा पुनरावेदन गरेका थिए ।

मंगलबार र बुधबारको बहसपछि उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले सन्दीपलाई निर्दोष ठहर गरेको हो । यसअघि मंगलबार नै न्यायाधीहरूले फैसला दिने गरी सामान्यतया अदालतको समयभन्दा बढी समय बहस गरेका थिए । तर, राति फैसला गर्दा गलत सन्देश जाने भएकाले उक्त मुद्दा ‘हेर्दाहेर्दै’मा राखिएको थियो ।

फैसलामा भनिएको छ, ‘जन्म दर्तालगायतका विभिन्न कागजातअनुसार गौशाला २६ नाबालिग नभएको र सहमतिमै करणी भएको हुन आएको देखिन्छ, यसकारण सन्दीप दोषी नभएको ठहर्छ ।’

दालतबाट सफाइ पाएपछि क्रिकेटर सन्दीप लामिछानेले भने : “मलाई न्याय दिनुभएकोमा न्यायाधीशहरु प्रति आभारी छु । अदालतप्रति मेरो विश्वास र आस्था निरन्तर थियो र भविष्यमा पनि हुने छ ।”