
नेपाली क्रिकेटर दीपेन्द्र सिंह ऐरी आईसीसीको टी २० को अलराउण्डर वरियतामा टप टेनमा परेका छन् ।
आईसीसीले सार्वजनिक गरेको पछिल्लो वरियतामा एक स्थान सुधार गर्दै १० औँस्थानमा उक्लिएका हुन् । दिपेन्द्र आईसीसीको वरियतामा शीर्ष १० मा पर्ने पहिलो खेलाडी बनेका छन् ।
टी २० को अलराउण्डर वरियताको शीर्ष स्थानमा बंगलादेशका अल हसन रहेका छन् । दोस्रो स्थानमा श्रीलंकाका वानिन्दु हसरंगा रहेका छन् ।
अफगानिस्तानका मोह्माब नाबी तेस्रो स्थानमा छन् भने जिम्बाबेका सिकन्दर राजा चौथो स्थानमा रहेका छन् ।
दक्षिण अफ्रीकाका एडन मार्क्रम पाँचौं, अस्ट्रेलियाका मार्क्स स्टोइनिस छैटौं, भारतका हार्दिक पाण्डेय सातौं, इङल्याण्डका लियाम लिभिङस्टोन आठौँ र इङल्याण्डकै मोइन अली नवौं स्थानमा रहेका छन् ।