८ बैशाख २०८२, सोमबार

प्रतिनिधिसभाको बैठक आज बस्दैम यस्तो छ सम्भावित कार्यसूची

nepal parliament building

प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ । सङ्घीय संसद् सचिवालयले आजको बैठकमा सम्भावित ९ वटा कार्यसूची तय गरेको छ ।

आइतबार पारित हुन नसकेको धन्यवादको प्रस्ताव पनि कार्यसूचीमा समावेश गरिएको छ । बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण एवम् मन्त्री तथा राज्यमन्त्री नियुक्ति सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।

यस्तै, प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने, प्रधानमन्त्री प्रचण्डले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गर्ने कार्यसूची तय गरिएको छ ।

त्यस्तै, बैठकमा उपप्रधान एवं गृह मन्त्री रवि लामिछानेले ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । तर, बैठक भने मुठभेडतर्फ उन्मुख भएको छ ।

सत्ता र प्रमुख प्रतिपक्षबीचको टकराबले सदनमा थप तनाब बढ्ने देखिएको हो । संसद् खुलाउने बिषयमा हिजो दिनभर प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका प्रयास निष्कर्षमा पुग्न सकेन ।

प्रधानमन्त्री दाहालले कांग्रेसका माग सम्बोधन गरेर संसदलाई निकास दिन प्रमुख प्रतिपक्षी दलका महामन्त्री गगन थापा र नेता कृष्णप्रसाद सिटौलासँग छलफल चलाइरहेकै बेला सत्ताका प्रमुख घटक एमाले अध्यक्षले आफ्ना सांसदलाई कांग्रेसविरुद्धमा प्रतिवादमा उत्रन निर्देशन दिएका छन् ।

प्रधानमन्त्री दाहाल र कांग्रेस नेताहरुको बैठकमा सदन चलाउने गरी अघि बढ्न विभिन्न विकल्पमा कुरा भए पनि सहमति भने हुन सकेन । त्यसलगत्तै सत्तारुढ ३ दलका शीर्ष नेताबीच पनि छलफल भएको थियो।

प्रधानमन्त्री दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच पनि संसदीय समिति बनाउनेबारे सहमति भने भएन । तीन नेताबीचको छलफलपछि गृहमन्त्री लामिछानेले आफूले संसदमा बोल्न पाउनुपर्ने अडान दोहोर्‍याएका छन् ।

सदनको गतिरोध हटाउने विषयमा सभामुख देवराज घिमिरे र प्रधानमन्त्री दाहालबीच पनि हिजो बिहान छलफल भएको थियो । नेपाली कांग्रेसले गृहमन्त्री लामिछाने सहकारी  ठगी प्रकरणमा मुछिएको जिकिर गर्दै संसदीय छानबिन समिति नबनेसम्म संसद् चल्न नदिने चेतावनी दिँदै आएको छ ।

parliament.jpg 9

    सम्बन्धित समाचार...