
फिल्म ‘छड्के २’ को असफलता पछि भड्किएका दर्शकबाट फेरी त्यही समर्थन र साथ हासिल गर्नको लागि अभिनेता अनमोल के.सी यही जेठ १० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘फर्की फर्की’ मार्फत आउँदै छन् ।
अनमोलको नेपाली फिल्म क्षेत्रमा पारिश्रमिकको पनि सधैँ हुने चर्चा गर्छ । हुन् त, फिल्म ‘कृ’मा गर्दा २० लाख पारिश्रमिक लिएपछि चर्चा सुरु भयो । अहिले पनि महँगो र ५० लाख पारिश्रमिक लिन्छन् भन्ने विषयले चर्चा पाइरहन्छ ।
उसो त, ‘छड्के २’ को असफलता पछि धेरै समय लगाएर फिल्म छान्नको उनी आफै तर्क गर्छन् । हुन त, अलग गर्न खोज्दा चिप्लिएका अनमोल फेरि आफ्नै सुरक्षित ‘जनरा’मा फर्किएका छन् । सुयोग गुरुङको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा अनमोलसँगै जसिता गुरुङ, रवि काफ्ले, समृद्धि अर्याल लगायतको मुख्य भूमिका छ । यस फिल्मलाई रोहित अधिकारी र ओम प्रकाश अग्रवालको लगानी गरेका छन् ।
यता, ‘फर्की फर्की’मार्फत हलमा आफ्नो क्रेज फर्काउन तत्पर देखिएका अनमोललाई फिल्म पुजार सार्की सँग पनि जुध्न आएपछि थप विशेष हुनै पर्ने देखिन्छ । उनी विभिन्न मिडियासँग फिल्मको प्रचार प्रसार र अन्तरवार्तामा व्यस्त देखिन्छन् ।
आफू र ‘छड्के २’ बाट बिच्काए आफ्ना फ्यानहरूलाई सावित गर्न लागेको बेला उनी षड्यन्त्रको सिकार गरी करिअर सिद्ध्याउन खोजियो बत्ताउँछन् ।
अनमोलले हालै एक टेलिभिजनको अन्तरवार्ताका क्रममा प्रश्न गरिएको थियो तपाईँहरूले अगाडि नै प्रदर्शन मिति घोषणा गर्नु भएको थियो तर तपाईँहरूकै मितिमा अर्को फिल्म जुधाउन ल्याइयो यो सब हेर्दा के तपाईँलाई षड्यन्त्रको सिकार भएको जस्तो लाग्दैन ?
उक्त प्रश्नको जवाफ दिँदै अनमोल भन्छन्, हो किनभने मेरै फिल्मसँग किन जुधाउन पर्ने थियो । उहाँहरुको लागि सोलो डेट छ । हाम्रो पछि पनि फिल्महरू छैनन्, र अगाडि नि छैन । किन तै डेट त ? इन्डस्ट्रीमा मिलेरै जाने हो भने त त्यहाँ हरेक मिल्लने बाटो हुन्छन् हामी बसेर टेबल टक गर्न सक्थ्यौँ । एक एक चोटि छलफल पनि भएन अब यसमा चैँ उहाँहरूको ईन्टेन्सन के हो हामीलाई थाहा भएन ।
पुजार सार्कीका तीन नायकसँग तपाईँ एक्लै भिड्दै हुनुहुन्छ नि ? भनेर अर्को प्रश्न गर्दा अनमोलले भनेका छन्, तीन भर्सेस एक नाईन्साफी हो तर म तयार छु । साथै उनलाई तीन नायक मध्ये को सँग डर लाग्छ भनेर सोधिएको प्रश्नमा उनी थप्छन् मलाई कोही सँग डर र प्रतिस्पर्धा भन्दा पनि अडियन्सलाई फिर्ता ल्याउनु नै पहिलो प्राथमिकता हो, मेहनतको कदर हुन्छ, दर्शक जे हेर्न उत्साहित छ तै हेर्नु हुन्छ ।
के करिअर वाइज तपाईँलाई सक्न खोजेको भनेर प्रश्न गर्दा अनमोल अघि भन्छन्, मलाई त्यस्तै महसुस हुन्छ ।
अनमोललाई फिल्म ‘दान्भी’ पनि जुधाउन खोजिएको र पछि फेरी सारिएको भनेर प्रश्न गर्दा उनी भन्छन्, आफै आउनु हुन्छ फेरी आफै जानु भो, जुध्न हुँदैन भन्या भए सुरुमा किन उद्घोष गर्नु भयो । जुधिसकेपछि जुधाउनु हुन्न भन्ने भावना आएको हो कि पहिला नै आउनु नपर्ने थियो भन्ने प्रश्न गर्न चाहन्छु ।
यता अनमोल ५० लाख पारिश्रमिक किन लिन्छन् त ? प्रश्नमा अनमोलले भने, ‘मैले किन लिन्छु भन्दा पनि निर्माताहरूले किन दिनुहुन्छ भन्नेमा जाम न है । कसैले, मलाई यति पारिश्रमिक चाहियो भन्दैमा पाउने त होइन होला । यहाँ दुवैतिरको फाइदा जोडिन्छ नि । सायद, मलाई लिइसकेपछि ओभरसिज मार्केट, डिजिटल मार्केट, नेपालको बजार हेरेर नै दिनुहुन्छ होला । यसैले, मैले किन मागेँ भन्दा पनि किन उहाँहरूले दिइरहनुभएको छ भन्ने कुरा हो ।’
उनी अगाडि भन्छन्, ‘सुन्दा मात्र मैले ५० लाख लिन्छु भने जस्तो देखिन्छ । तर, वर्षमा मैले कति वटा फिल्म खेलिरहेको छु भन्ने पनि हेर्नुपर्छ । म एउटा फिल्मको प्रचार सक्ने बित्तिकै अर्को फिल्मको प्रचारमा त दौडिएको छैन होला । यसैले, तुलनात्मक रूपमा मैले अरू कलाकारको भन्दा कम कमाएको छु । उहाँहरूले थोरै थोरै लिएर वर्षमा १०–१२ वटा फिल्म खेलिरहनुभएको छ । यसैले, कसले इमानदारिताका साथ काम गरिरहेको छ भन्ने हेरेर नै निर्माताहरूले मलाई ५० लाख पारिश्रमिक दिनुभएको होला ।’