
२५ बर्ष देखि सडक मै खादै सडक मै सुत्दै
टन्न पैसा कमाई बाआमा लाई एकजोर राम्रो कपडा र मिठो खानेकुरा लिएर घर फर्कने सपना बोकेका विष्णु क्षेत्रीको सपना अझैसम्म पुरा भएको छैन ।
उनले आफुलाई जन्म दिने आमाबाबु लाई नभेटेको पनि ९ बर्ष भईसकेको छ । उनी विगत २५ बर्ष पहिले देखि कलंकीको सडकपेटीमा नै गुजारा गर्दै आईरहेका छन् । उनी सडकपेटीमा नै खान्छन् र सडकपेटीमा नै सुत्छन् ।
उनले पेटीमा सुतेको पहिलो रात कलंकीको वरपर जंजलै जंगल थियो,स्याल र चराचुरुङ्गीहरुका बथान भेटिन्थे तर अहिले नत एउटा बुटो देखिन्छ नत खुट्टा टेक्ने जमिन । उनी विगत २५ बर्ष देखि लामोदुरीको सवारीमा सामानहरु चढाउने र झार्ने काम गर्दै आईरहेका छन् तर लामो समयदेखिको बन्दाबन्दीको कारण उनले रोजगारी गुमाउनु परेको छ ।

उनी केहीदिन देखि भोकभोकै बसिरहेका छन्,हामी जस्तो सडकमा जिन्दगी विताई रहेका मजदुर माथि कुनै निकायको पनि आखाँ नपर्ने रहेछ,जिन्दगी जिउन सारै समस्या भयो भनि गुनासो सुनाउँछन ।
५० बर्षको उमेरसम्म विवाह नगरी बसेका उनी पैसाकै अभावले विवाह गर्न नसकेको तितो यर्थात सुनाउँछन् । साथीभाई,मानिसको भिडभाड र धेरै ब्यक्तिहरुको संगतबाट आजित उनी यसरी नै एक्लै बस्न रुचाउँछन् । हरेक ब्यक्तिहरु आफ्नो स्वार्थको लागि नजिकिन्छन् र स्वार्थ पुरा भएपछि टाढिन्छन् त्यसैले मलाई कोहीसँग पनि संगत नै गर्न मन लाग्दैन,एक्लै बस्न रुचाउँछु उनी यो कुरा सुनाई रहँदा कतै हराए जस्तो भान देखाउँछन् ।

भविष्यको योजना सोध्दा यसरी नै भारी बोकेर नै विताउने कुरा गर्छन,तर उमेर ढल्कँदै जाँदा र बल घट्दै गएपछि वुढेशकालमा दुःख पाउँछु की भन्ने चिन्ताले उनलाई सताईरहन्छ ।
आज सम्म कुनैपनि रोगको औषधी चलाउन नपरेकोमा उनी भगवानलाई धेरै धेरै धन्यवाद प्रकट गर्छन ।
अझैपनि एक क्विन्टल सम्मको भारी बोक्न सक्ने विष्णु क्षेत्रीको जिवन कथा “परिच्छेद सेन” नामक युट्युब च्यानलबाट “नदुखुन मनहरु” कार्यक्रमको १६ औं श्रृंखला मार्फत प्रसारण भएको छ ।
नोट: नदुखुन मनहरु कार्यक्रमले यस्तै कर्मठ, ईमानदार, मेहनती ब्यक्तिहरु जो दुस्खमा छन्, जसको अँखामा आशु छल्किएको छ, उनीहरू को आखाको आशु पुछी उनीहरुको मुहारमा क्षणिक भए पनि खुशी दिने कार्य गर्दै आएको छ । नदुखुन मनहरु कार्यक्रम हरेक हप्ताको सनिवार र मंगलबार परिच्छेद सेन नामक युटयुब च्यानल र नेपाल घटना मार्फत प्रसारण हुँदै आईरहेको छ ।
सधैं खुशी रहनुहोस्, सक्नु हुन्छ अरुलाई खुशी बढनुहोस्, सक्नु हुन्न कसैको खुशी नछिन्नुहोस ।