१० बैशाख २०८२, बुधबार

टर्कीको ड्रोनले इरानी राष्ट्रपतिको हेलिकप्टर दुर्घटना भएको ठाउँ फेला पारेको दाबी

iran president helicopter raisi

इरानी राष्ट्रपति इब्राहिम रइसीको खोजीमा टर्कीको ड्रोनले हेलिकप्टर दुर्घटना भएको स्थान पत्ता लगाएको छ ।

समाचार एजेन्सी अनाडोलुका अनुसार टर्कीले राष्ट्रपति रइसीको हेलिकप्टर दुर्घटनाको खोजी कार्यमा मद्दत गर्न ड्रोन पठाएको थियो ।

एजेन्सीले जारी गरेको ड्रोन फुटेजमा राति पहाडमा कालो दाग देखिएको छ । एजेन्सीका अनुसार फुटेजबाट प्राप्त जानकारी इरानी अधिकारीहरूसँग साझा गरिएको छ ।

आइतबार इरानी राष्ट्रपति इब्राहिम रइसी र विदेशमन्त्री होसेन अमिर अब्दुल्लायान चढेको हेलिकप्टर दुर्घटनामा परेको थियो । इरानका गृहमन्त्री अहमद वाहिदीले राष्ट्रपति रायसी र विदेशमन्त्री हेलिकप्टरमा सवार भएको पुष्टि गरेका छन् ।

राष्ट्रपति रइसी, अजरबैजानसँगको उत्तर-पश्चिमी सीमामा निर्मित संयुक्त बाँधको उद्घाटन समारोहमा सहभागी भएर फर्किंदै थिए । उक्त हेलिकोप्टर भर्जकान क्षेत्रनजिकै दुर्घटना भएको जनाइएको छ ।

यो हेलिकप्टरमा इरानको पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमाती र अन्य धेरै व्यक्ति पनि सवार थिए । राष्ट्रपति रइसीको खोजीमा आइतबारदेखि व्यापक अपरेशन चलिरहेको छ ।

    सम्बन्धित समाचार...