
जापानले बनाएको कीर्तिमानी बुलेट ट्रेन द्रुत गतिमा दौडिने मात्र नभई भूकम्प आएको बेलामा यसले यात्रुहरूलाई सुरक्षित स्थानमा लग्न पनि समर्थ छ ।
एन७००एस नामक ट्रेन बुधवारदेखि सेवामा आएको हो र यो टोकाइडो शिनकानसेन लाइनमा दौडिन्छ । त्यसले टोक्यो स्टेसन र शिन–ओसाकालाई जोड्छ ।
यो ट्रेन ३६० किलोमिटर प्रतिघन्टाको गतिमा दौडिन सक्छ । तर यसको गति २८५ किलोमिटर प्रतिघन्टामा सीमित गरिनेछ ।
झट्ट हेर्दा एन७००एस पुराना बुलेट ट्रेनभन्दा खासै फरक देखिँदैन ।
तर नजिकै गएर हेर्दा यसको अगाडिको भाग बढी चुच्चो छ, छेउका भाग बढी भुक्के छन् र हेडलाइट डिजाइन थप सुन्दर छ ।
भित्र नयाँ सीटहरू यात्रुलाई सजिलै पल्टिन मिल्ने गरी बनाइएको छ । प्रत्येक सीटमा फोन चार्जर छ ।

भित्रको प्रकाश संयोजन पनि आरामदायी बनाइएको छ । झोला राख्ने र्याक पिलिकपिलिक बलेर यात्रुहरूलाई आफ्नो सरसामानको स्मरण गराउनेछन् । एजेन्सी