९ बैशाख २०८२, मंगलवार

धनुषा प्रहरीको हिरासतमा सिरोहिया, म्याद थपका लागि आज अदालत लगिदै

kailash

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखिएको छ । आज बिहानै जिल्ला प्रहरी कार्यालय पु¥याइएका सिरोहियालाई मङ्गलवार कान्तिपुरको कार्यालयबाटै पक्राउ गरिएको थियो ।

अध्यक्ष सिरोहियालाई स्थलमार्गबाट रातारात जनकपुर लगिएको हो । उहाँलाई बिहान पौने ६ बजे जिल्ला प्रहरी कार्यालय धनुषा पुर्‍याइएको छ । उनलाई आज म्याद थपका लागि जिल्ला अदालत धुनषामा उपस्थित गराइँदै छ। उनलाई नागरिकता सम्बन्धी कसुरमा पक्राउ गर्न जिल्ला न्यायाधीश चित्रबहादुर गुरूङको इजलासले पुर्जी जारी गरेका थियो।

सिरोहियाले आफूविरूद्ध जाहेरी परेपछि सर्वोच्चमा निषेधको आदेश माग गर्दै रिटसमेत दायर गरिसकेका छन् । त्यसको अर्को पेशी जेठ १४ गतेका लागि तोकिएको छ।

जिल्ला प्रशासन कार्यालय धनुषाबाट लिएको नागरिकताको नम्बर अर्को व्यक्तिको नागरिकता नम्बरसँग मिलेको भन्दै गत वैशाख १६ गते उनीविरुद्ध धनुषा प्रहरीमा निवेदन परेको थियो।

    सम्बन्धित समाचार...