९ बैशाख २०८२, मंगलवार

महानगरको कदम अराजक गतिविधिः सडक विभाग

Balen ko dhulo

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई धुलो उपहार दिएका छन् ।

काठमाडौंका जनताले कलंकीदेखि महाराजगन्जसम्मको खण्डमा रिङरोड विस्तारका नाममा जनताले धुलो र कष्ट बेहोर्नुपरेको भन्दै मेयर शाहले सडक डिभिजन कार्यालय र सडक विभागको गेटअगाडि धुलो थुपारिदिएको सामाजिक सञ्जाल फेसबुक र एक्समार्फत जनाएका छन् ।

मेयर शाहले मन्त्रालयकै कारणले महानगरले अकारण नै गाली खानुपरेको भन्दै तत्काल समस्या समाधानका लागि आग्रह गर्नुभएको छ । मेयर शाहले जबसम्म यसको काम अगाडि बढ्दैन तबसम्म महानगरले मन्त्री महासेठलाई पायक पर्ने ठाउँमा दैनिक एक ट्रक धुलो पठाउने पनि जानकारि दिए।

यस्तो छ- मन्त्री महासेठलाई सम्बोधन गर्दै मेयर शाहले लेखेको स्टाटस :

‘माननीय भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठज्यू !

तपाईंको ठाडो आदेशले भइरहेको कुनै काम रोक्न सक्नुहुन्छ भने त्यही आदेशले बनाउन पनि सक्नुहुन्छ होला । विगत १५ वर्षदेखि काठमाडौंको जनताले कलंकीदेखि महाराजगन्जसम्म रिङरोड विस्तारका नाममा धेरै धुलो र कष्ट बेहोर्नुपरेको छ । काठमाडौंमा हुने आधाभन्दा बढी प्रदूषणमा त्यहाँकै धुलोको हात छ, जसले गर्दा महानगरवासीले धुलोधुँवा खानुपरेको छ । त्यो बाटो प्रयोग गर्नुपर्नेहरूले सवारीसाधन मर्मतमा खर्च बढी गर्नुपरेको छ, पुग्न अबेला भोग्नु परेको छ । र, काठमाडौं महानगरले अकारणमा गाली खानुपरेको छ ।

यो धुलो जनताले मात्र खाँदा राम्रो देखिँदैन । जबसम्म तपाईं काम अगाडि बढाउनु हुन्न, हरेक दिन तपाईंलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउनेछु, माया सम्झेर स्विकार्नुहोला ।’

यता, सडक बिभाग अन्तर्गतको सडक डिभिजन काठमाण्डौको गेटमा धूलो थुपारिदिने काठमाण्डौ महानगरको कदमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

शनिवार साँझ महानगरपालिकाले आफ्नो कार्यालय गेट अगाडी धूलो थुपारिदिएपछि आक्रोशित भएको बिभागले जे बिषय उठाएर काठमाण्डौ महानगरका मेयरले धूलो थुपारेको हो, त्यो भन्दा फरक रहेको बिबरणसमेत खुलाएको छ ।

सडक डिभिजन काठमाण्डौले अबेर राती बिज्ञप्ति जारी गर्दै बिबादको चुरो न्यूरोड क्षेत्रमा बाटो साँघुरो बनाउने बिषय रहेको बताएको छ । न्यूरोड क्षेत्रमा मोटर गुड्ने पिच बाटो घटाएर पैदलयात्रीका लागि बाटो बनाउन महानगरले सुरु गरेको छ ।

शनिवार दिउँसो १२ बजे विनाअनुमति सडक काटी सडकको स्टाण्डर्ड चौडाई घटाउन नपाउने भन्दै सडक डिभिजनले रोक लगाएपछि त्यसलाई बिषयान्तर गर्न महानगरले रिङरोडको बिषय उठाएको डिभिजन कार्यालयले बताएको छ ।

शुक्रबारमात्रै डिभिजन प्रमुख र महानगरका मेयर बालेनवीच आपसी सहकार्य गर्ने बिषयमा छलफल भएको खुलाउँदै कार्यालयले आफ्नो अधिकारक्षेत्रभित्र नपर्ने बिषयलाई लिएर अराजक गतिविधि गरे प्रतिबादमा उत्रिने चेतावनीसमेत दिएको छ ।

image 3

    सम्बन्धित समाचार...