९ बैशाख २०८२, मंगलवार

म्यानचेस्टर युनाइटेडले जित्यो एफए कपको उपाधि

FA.jpg

एफए कपको उपाधि म्यानचेस्टर युनाइटेडले जितेको छ । गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीलाई २-१ ले पराजित गर्दै युनाइटेडले उपाधि जितेको हो । यस जितले युनाइडेडले आगामी सिजनको युरोपा लिगमा स्थान बनाएको छ । दुई अपाधिसहित सिजन समाप्त गर्ने सिटीको योजना सफल हुन सकेन ।

वेम्बली स्टेडियममा सहरी प्रतिद्वन्द्वी सिटीलाई पराजित गर्न युनाटेडका अलेहान्द्रो ग्रानाचो र कोबी माइनोले गोल गरे । सिटीका जेरेमी डोकुले एक गोल फर्काए । खेलको ३० औं मिनेटमा ग्रानाचोले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । ३९ औं मिनेटमा माइनोले गोल गरेपछि यसनाइटेड पहिलो हाफमा २-० ले अघि रह्यो ।

दोस्रो हाफमा केही आक्रमक बनेको सिटीले गोलका थुप्रै अवसर बनाए पनि तारगेट हिट गर्न सकेन । खेलको ८७ औं मिनेटमा डोकुले गोल गर्दै सिटीलाई खेलमा फर्काउने प्रयास गरे । तर थप गोल गर्न नसकेपछि यसनाइटेडले गत सिजननको नतिजालाई उल्ट्यायो । अघिल्लो सिजिन ट्रेबल जित्ने क्रममा सिटीले एफए कपको फाइनलमा युनाइटेडलाई २-१ गोल अन्तरले पराजित गरेको थियो ।

यससँगै युनाइटेडले १३ औं पटक एफए कप जित्न सफल भयो । आर्सनलले सर्वाधिक १४ पटक एफए कप जितेको छ । जितसँगै युनाइटेड युरोपा लिगका लागि छनोट भएको छ । प्रिमियर लिग ८ औं स्थानमा रहेर समाप्त गरेपछि युनाइटेडका लागि युरोपा लिगमा छनोट हुन यो प्रतियोगिताको उपाधि जित्नु आवश्यक थियो । सिटीले यस सिजनको प्रिमियर लिग जितेको छ ।

    सम्बन्धित समाचार...