९ बैशाख २०८२, मंगलवार

यस्तो छ पुनः प्रदर्शन तयारीमा रहेको फिल्म ‘आचार्य’को ट्रेलर

bhaktaraj acharya

भजन शिरोमणी भक्तराज आचार्यको जीवनीमा आधारित फिल्म ‘आचार्य’को ट्रेलर सार्वजनिक भएको छ । फिल्मले संगीतमा स्थापित हुन आचार्यले गरेको संघर्षलाई चित्रण गर्छ । पुनः सम्पादनसहित सार्वजनिक भएको यो ट्रेलर फ्रेस र मर्मस्पर्शी महसुस हुन्छ ।

ट्रेलरमा भक्तराजको बाल्यकालीन अवस्था र गायनप्रतिको मोह छ । गायनमा रहेको रुचिलाई साकार पार्न उनले गरेको संघर्ष, प्राप्त उपलब्धि तथा गाउन नसक्ने अवस्थामा आउँदासम्मको गतिविधि समेटिएको छ ।

१३ वर्षपछि पुनः प्रदर्शनमा आउन लागेको फिल्मको असार ७ गते नेपाल र अन्तर्राष्ट्रिय बजारमा पुनः प्रदर्शन हुन लागेको छ ।

भक्तराजको १६ वर्षको सांगीतिक करिअरलाई प्रस्तुत गरिएको फिल्ममा आचार्यको भूमिकामा उनका जेठा छोरा तथा गायक सत्यराज देखिएका छन् । प्रशान्त रसाइलीले निर्देशन गरेको फिल्ममा सत्यराजसँगै सुनील पोखरेल, दयाहाङ राई, अरुणा कार्की, विपीन कार्कीलगायत कलाकार मुख्य भूमिकामा छन् ।

वरिष्ठ संगीतकार तथा गायक आचार्यको निधनपछि फिल्मलाई रि-रिलिज गर्न लागिएको हो । यो फिल्मलाई रोशन राईले निर्माण गरेका हुन् । यो फिल्मले १३ वर्ष अगाडि राम्रो समीक्षा पाएको थियो ।

    सम्बन्धित समाचार...