
चितवन भरतपुर महानगरपलिका वडा नंम्बर २९ को नारायणगढ-मुग्लिङ सडक खण्डको सत्र किलो भन्ने स्थानमा चारवटा सवारी साधन एकैठाउँमा ठोक्किँदा एकजनाको निधन भएको छ । मृतकको पहिचान खुलेको छैन ।
गएराती भएको सो दुर्घटनामा २३ जना घाइते भएका छन् भने घाइतेमध्ये आठ जनाको अवस्था गम्भीर, १४ जनाको अवस्था मध्यम रहेको र अन्दाजी १७ वर्षीय एक पुरुषको चितवन मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए ।
उनका अनुसार इच्छाकामना आधारभुत अस्पताल कुरिन्टारमा १८ जनाको उपचार भइरहेको छ भने चितवन मेडिकल कलेजमा चार जनाको उपचार भइरहेको छ । दुर्घटनामा पाँच वटै सवारी साधनका चालकसहित २३ जना घाईते भएका छन् ।
चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सत्रकिलोमा गएराति राति १२:३० बजेको समयमा काठमाण्डौबाट प्युठानतर्फ जाँदै गरेको बस, नारायणगढदेखि मुग्लिनतर्फ आउँदै गरेको ट्रक, काठमाण्डौबाट महोत्तरी बर्दिवासतर्फ जाँदै गरेको बस र बिरगंञ्जबाट काठमाण्डौतर्फ आउँदै गरेको बस एकै ठाउँमा ठक्कर खाँदा सो दुर्घटना भएको हो ।
जसमा काठमाण्डौबाट प्युठानतर्फ जाँदै गरेको बा ४ ख ९०८६ नम्बरको यात्रुबहाक बससंग विपरित दिशा नारायणगढदेखि मुग्लिनतर्फ आउँदै गरेको बा ३ ख ७९१५ नम्बरको मालबहाक ट्रक ठक्कर खाएको र उक्त ट्रकको पछाडी ना ६ ख ८९६८ नम्बरको बस र सो बसलाई ना ३ ख ५९३६ नम्बरको मालबाहक ट्रकले ठक्कर दिएको हो ।
त्यस्तै मुग्लिनबाट आउँदै गरेको यात्रुबहाक बसलाई सोही दिशाबाट आउँदै गरेको ना ४ ख ३२४८ नम्बरको बसले ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटना भएको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरिक्षक निरला भण्डारीको टोली दुर्घटना स्थल पुगेका थिए ।
सामान्य घाइते भई उपचारपछि डिस्चार्ज भएका ट्रक चालक सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका–५ बस्ने २६ वर्षीय सुवास कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।
चितवन मेडिकल कलेजमा उपचाररत घाइतेहरु
१. प्युठान नौबैईनी गापा–७ बस्ने बर्ष २८ को सुधन केसी (मध्यम)
२. प्युठान प्युठान नपा–१० बस्ने बर्ष ३६ को निरज केसी (मध्यम)
३. प्युठान मलारानी गापा–२ बस्ने बर्ष ३६ की निर्मला भुषाल (गम्भिर)
४. प्युठान गौमुखी गापा–७ बस्ने बर्ष २५ को सुरज सुनार (मध्यम) प्रहरी जवान भन्ने बुझिएको
५. अर्घखांची सितगंगा नपा–८ बस्ने बर्ष २९ की पबित्रा दर्लामी (सामान्य)
६. प्युठान झिम्रुम नपा–७ बस्ने बस्ने बर्ष २८ को पुरन गिरि (मध्यम)
७. प्युठान प्युठान नपा–८ बस्ने बर्ष २० को समिर केएम (मध्यम)
८. प्युठान सारुमहारानी गापा–४ बस्ने बर्ष ३६ को तारापती बुढाथोकी (मध्यम)
९. प्युठान सारुमहारानी गापा–४ बस्ने बर्ष ३५ की मुनादेवि बुढाथोकी (मध्यम)
१०. प्युठान एरावती गापा–६ बस्ने बर्ष ५६ की मनदेवि थापा (गम्भिर)
११. प्युठान बस्ने बर्ष ६० को पदम थापा (सामान्य)
१२. प्युठान नपा–१० बस्ने बर्ष २१ को सुशिल केसी (मध्यम)
१३. प्युठान नपा–४ बस्ने बर्ष बर्ष १७ की प्रतिभा भण्डारी (मध्यम)
१४. प्युठान नपा–८ बस्ने बर्ष १८ की सलिसा थापा (मध्यम)
१५. प्युठान नपा–१ बस्ने बर्ष ३८ को प्रकास केसी (मध्यम)
१६. प्युठान नपा–८ बस्ने बर्ष ५३ की पार्वता केसी (मध्यम)
१७. प्युठान नेबईनी गापा–३ बस्ने बर्ष ३२ को गौरव झाक्री अबस्था (गम्भिर)
१८. प्युठान गौमुखि गापा–३ बस्ने बर्ष २९ को दिपक सुनार (सामान्य)
१९. अर्घाखाँची सितगंगा नपा–८ बस्ने बर्ष ४९ लाम बहादुर दर्लामी (मध्यम)
२०. प्युठान नपा–८ बस्ने बर्ष २५ को सन्तोष केसी (गम्भिर)
२१. ट्रक सहचालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका राम्चे बस्ने बर्ष २१ को राजन सुबेदी (गम्भिर)