८ बैशाख २०८२, सोमबार

कैलाश सिरोहियालाई थप दिन हिरासतमा राख्न अनुमति

kailash

धनुषा जिल्ला अदालतले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई अझै तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

आज (सोमबार) जिल्ला सरकारी वकिलको कार्यालयले तेस्रो पटक तीन दिनको म्याद थप गर्दै सिरोहियामाथि अनुसन्धान गर्न पाँच दिनको म्याद थपका लागि अनुमति मागेको थियो ।

सिरोहिया नागरिकता कीर्ते प्रकरणमा ७ दिनदेखि प्रहरी हिरासतमा छन् । म्याद थपका लागि अदालतमा उपस्थित गराईएको थियो । स्वास्थ्यमा समस्या देखा परेर अस्पताल भर्ना भएका उनलाई तेस्रो पटक म्याद थपका लागि आज धनुषा जिल्ला अदालत एम्बुलेन्समा लगिएको थियो ।

नागरिकता दुरुपयोग सम्बन्धी कसुरमा पक्राउ परेका सिरोहिया हिरासतमा रहेको बेला अस्वस्थ बनेपछि जनकपुरस्थित काव्या अस्पतालमा उपचार गराइरहेका छन् ।

गत मंगलबार सिरोहियालाई काठमाडौंस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालयबाट पक्राउ गरी बुधबार बिहान जनकपुर पुर्याइएको थियो । बुधबार अदालतमा उपस्थित गराइएका उनलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको थियो । शुक्रबार पुनः तीन तीनको म्याद थपिएको थियो ।

    सम्बन्धित समाचार...