
क्रिकेटर सन्दीप लामिछानेले आफू टी-२० विश्वकप क्रिकेटमा सहभागी हुन नपाएपनि खुसी रहेको प्रतिक्रिया दिएका छन् ।
सोमबार सामाजिक सञ्जाल इन्स्टाग्राममा लेख्दै लामिछानेले आफ्नो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुसी लागेको बताएका हुन् ।
बलात्कारको मुद्दाबाट उच्च अदालतले सफाई दिएसँगै विश्वकप क्रिकेट खेल्न अमेरिका जाने तयारीमा रहेका उनलाई अमेरिकाले भीसा दिन अस्वीकार गरेको छ । उनलाई अमेरिका पठाउन सरकारले पहल गरिरहेको छ । तर, उक्त सम्भावना ज्यादै न्यून बन्दै गएको छ ।
अमेरिकामा विश्वकप खेल्ने चाहना पूरा नभएपनि उनले लेखेका छन्, ‘इमानदारितापूर्वक, मेरो सपना पूरा नभए पनि के कुरामा खुसी छु भने देशको सपना पूरा भएको छ।’