
नेपालमा स्थानीय वायुको प्रभावसँगै देशको पूर्वी भूभागमा ‘रेमल’ चक्रवातको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल कोशी प्रदेशमा पूर्णतया बदली तथा बागमती प्रदेश, मधेश प्रदेश र गण्डकी प्रदेशका पहाडी भुभागमा आंशिक देखि साधारणतया बदली र बाँकी भू-भागमा मौसम आन्शिक बदली रहेको छ। गण्डकी प्रदेशको थोरै स्थानहरूमा तथा मधेश प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी प्रदेशमा साधारणदेखि पूर्ण बदली रहने र मधेश, बागमती र गण्डकी प्रदेशलगायत बाँकी पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ/हावा हुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । यस्तै मधेश प्रदेश लगायत बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा पनि वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ । यस्तै आज राति कोशी प्रदेशमा साधारणदेखि पूर्ण बदली, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत बाँकी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।
कोशी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने मधेश प्रदेशलगायत बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा पनि हल्का वर्षा हुने सम्भावना रहेको छ ।
कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा आज राति पनि हल्का हिमपातको सम्भावना रहेको छ ।