
आइतबार राति भएको खेलमा लिभरपुलले लिग जिते पछीको पहिलो खेलमा एस्टन भिल्लालाई २-० ले पराजित गरेको छ । एस्टन भिल्लाले पहिलो हाफ लिभरपुललाई बराबरीमा रोकेको थियो । खेलको ७१ र ८९औ मिनेटमा साडियो माने र कर्टिस जोन्सको गोलले जित दिलाएको थियो ।
त्यसैगरी आइतबारको अन्तिम खेलमा म्यानचेस्टर सिटी साउथहम्पटनसँग १-० ले हारेको छ । यसभन्दा अगाडीको खेलमा सिटीले लिभरपुललाई ४-० ले पराजित गरेको थियो ।
साउथहम्पटनको जितमा खेलको एक मात्र गोल ची एडम्सले खेलको १६औ मिनेटमा गरेका हुन् ।