
स्याडो पिक्चर्स र रेट्रो फिल्मस्को प्रस्तुति रहने चलचित्र ‘आउट लः दभा २१९’को फर्स्टलुक रिलिज भएको छ । सार्वजनिक फर्स्टलुकमा फिल्मका मुख्य नायक सुशील श्रेष्ठलाई एक्सन एंग्री अवतारमा देखाइएको छ ।
सार्वजनिक पोस्टरमा नायक श्रेष्ठ मेसिनगन बोकेर उभिएका छन् । फस्टलुकसँगै फिल्मप्रति दर्शकको उत्साह अझै बढ्ने देखिएको छ । नायक सुशिलका लागि यो फिल्म बलियो कमब्याको रुपमा रहने चर्चा फिल्मीवृत्तमा चलिरहेको छ ।
अमित अग्रहरिको निर्माण रहने फिल्मको फर्स्टलुकसँगै प्रदर्शन मिति पनि सार्वजनिक गरिएको छ । असोजको ३ गते अर्थात् संविधान दिवसको दिनबाट प्रदर्शनमा आउने फिल्ममा विक्की महर्जनको लेखन तथा निर्देशन रहनेछ ।
फिल्ममा सुशीलका साथमा नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डार, हेम गुरुङ, सोनी लागुनको अभिनय रहनेछ ।
विनोद कडायत र सशांक खड्का कार्यकारी निर्माता रहेको फिल्ममा विकास चौधरी सह–निर्माता रहनेछन् । नवीन गुरुङको डीओपी रहने फिल्ममा साहिल खानको सम्पादन छ ।