
फाइल फोटो
अमेरिकी दूतावासले क्रिकेटर सन्दीप लामिछानेले भिसा तेस्रो पटक अस्वीकार गरेको छ ।
अमेरिका र वेष्ट इण्डिजमा हुने टी २० विश्वकप खेल्न सन्दीपले नेपालस्थित अमेरिकी दूतावास अन्तर्वार्ता दिएका थिए ।
परराष्ट्र मन्त्रालयले दूतावासलाई ‘भिसा नोट’ पठाउँदै लामिछानेलाई भिसा दिन आग्रह गरेको थियो । यसअघि उनले दुई पटक अन्तर्वार्ता दिँदा दूतावासले अस्वीकार गरेको थियो ।
आजै बिहीबार बिहान खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले त्रिवि मैदानमा लामिछानेसँग भेटेर आश्वास दिएका थिए ।
विश्वकपको खेल नजिकिएसँगै नेपाली क्रिकेट समर्थकले सन्दीपलाई भिसा दिनु पर्ने माग राख्दै दबाब सिर्जना गरेका थिए । अब आईसीसी टी २० विश्वकपको ९ औँ संस्कर दुई दिनपछि सुरु हुँदै छ ।