
एकै दिन झन्डै २५ हजार नयाँ संक्रमित थपिएपछि रसियालाई उछिन्दै भारता कोरोना भाइरसबाट अति प्रभावित देशहरुको सूचीमा तेस्रो नम्बरमा उक्लिएको छ।
भारतमा ६ लाख ९७ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण देखिएको छ । आइतवार मात्र भारतमा २४ हजार ९ सय १२ नयाँ संक्रमित भेटिएका हुन्। पछिल्लो पाँच दिनमा मात्र भारतमा १ लाखभन्दा धेरै संक्रमित थपिए।
हालसम्म भारतमा कोरोनको कारणा १९,७०० ले ज्यान गुमाइसकेका छन ।