७ बैशाख २०८२, आईतवार

एम्बाप्पेले गरे रियल मड्रिडसँग सम्झौता

kylian mbappe

फ्रेञ्च फुटबलर किलियन एम्बाप्पे अन्ततः रियल म्याड्रिड जाने निश्चित भएको छ । एम्बाप्पेले रियल म्याड्रिडसँग फ्री ट्रान्सफरको सम्झौता गरेका हुन् ।

२५ वर्षीय एम्बाप्पेको पीएसजीमा जुन ३० मा सम्झौता सकिँदै छ । त्यसपछि उनी रियल म्याड्रिड जाने सम्झौता गरेको फुटबल पत्रकार फाब्रिजियो रोमानोले जानकारी दिएका छन् । रियल म्याड्रिडले एम्बाप्पेलाई भित्र्याएको घोषणा केही दिनमा गर्ने समाचारमा जनाइएको छ ।

रियल म्याड्रिडले यस सिजनको च्याम्पियन्स लिग जितेसँगै एम्बाप्पेसँग सम्झौता गरेको उनले बताएका छन् ।

मिडिया रिपोर्टका अनुसार रियल म्याड्रिडले एम्बाप्पेलाई फ्री ट्रान्सफरमा साइन गरे पनि उनलाई करिब ११० मिलियन डलर साइनिङ रकम दिने बताइएको छ । रियल म्याड्रिडले एम्बाप्पेलाई पछिल्लो सात वर्षदेखि भित्र्याउने प्रयासमा रहेको थियो ।

उनले यसअघि नै पीएसजीका फ्यानहरूलाई एक पोष्ट लेख्दै आफूले क्लब छोड्ने जानकारी दिएका थिए । सन् २०१७ मा फ्रेञ्च क्लब मोनाकोबाट लोनमा पीएसजी आएका एम्बाप्पे २०१८ देखि पीएसजीको खेलाडी बनेका थिए । पीएसजीका लागि उनले ३०८ खेलमा २५६ गोल गरेका छन् ।

पीएसजीमा रहँदा उनले ६ सिजन फ्रेन्चञ्च लिग जितेका छन् भने चार सिजन फ्रेञ्च कोपा डे जितेका छन् । त्यस्तै २०१९–२० सिजनमा पीएसजी च्याम्पियन्स लिगको उपविजेता बनेको थियो ।