८ बैशाख २०८२, सोमबार

निर्देशक सुदर्शन थापा पक्राउ

sudarsan

आपराधिक विश्वासघातको आरोपमा निर्देशक सुदर्शन थापा पक्राउ परेका छन् । बेलाबेलामा विवादमा तानिरहने सुदर्शन पुनः एकपटक विवादमा तानिएका छन् ।

थापा ‘प्रसाद–२’ का निर्देशक थापा आज कमलपोखरी क्षेत्रबाट आज पक्राउ परेका प्रहरीले जनाएको छ ।

आपराधिक विश्वासघातको आरोपमा निर्माता सुदर्शन बस्नेतले थापाविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए । आर्थिक कारोबारमा पारदर्शीता नभएको निर्माताको आरोप छ ।

गत असोजमा ‘प्रसाद-२’का निर्मातामध्येका एक सुदर्शन बस्नेतले आपराधिक विश्वासघातको आरोपमा निर्देशक थापाविरुद्ध उजुरी दिएका थिए ।

आफूहरुको मञ्जुरीबिना चलचित्र ‘प्रसाद–२’लाई प्रदर्शन गरेर एक करोड ५० लाख रुपैयाँ ठगी गरेको भन्दै निर्माता बस्नेतले बौद्ध प्रहरीमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो । उजुरी परेको ७ महिनापछि उनी पक्राउ परेका हुन् ।

दालतबाट पक्राउ पूर्जी जारी हुँदा पनि उनी खुल्लमखुल्ला हिँडिरहेका थिए । उनलाई पक्राउ गरेर प्रहरी वृत्त बौद्धमा लगिएको छ ।